प्रख्यात फ्रान्सेली दार्शनिक मिचेल(उच्चारणमा मिशेल पनि) फूको(१९२६—१९८४) लाई शक्ति (पावर) को शास्त्रीय भन्दा भिन्न व्याख्याकर्ता तथा सिद्दान्तनिष्ट मानिन्छ । उनले शक्तिलाई सर्वव्यापी रुपमा व्याख्या गरेका छन् र यो हरेकमा निहित हुने बताएका छन् । फूकोको शक्ति सिद्दान्तले शक्तिका लागि एउटा केन्द्र नै चाहिन्छ भन्ने शास्त्रीय मान्यता विपरित शक्ति सर्वव्यापी हुन्छ भन्ने मान्यता राख्दछ । उनको व्याख्या मूलत यूरोपमा शक्ति र ज्ञानको अभ्यासबाट कसरी विज्ञानको उदय भयोे र अनुशासित समाज निर्माण भयो भन्नेमा केन्द्रीत देखिन्छ । विज्ञानको उदय भन्दा पहिले यूरोपमा शक्तिको स्रोत दैविक शक्तिलाई मानिन्थ्यो । राजा, तथा पादरी शक्तिका प्रमुख पात्रहरु थिए । तर नया किसिमको शक्ति र ज्ञानको अभ्यासले विज्ञानको उदय सम्भव भयो र शक्ति तल्लसम्म पुग्यो भन्ने छ । फूकोको शक्ति सिद्दान्त माथिबाट तल जाने शास्त्रीय सिद्दान्त विपरित थियो ।
उनले तीन किसिमको शक्ति अर्थात पावरको कुरा गरेका छन् —sovereign power (सार्वभौम शक्ति), bio-power (शरिरमा लाग्ने शक्ति, संस्थाहरु मार्फत लाग्ने तर सकारात्मकता परिवर्तनमुखी भन्ने बुझाई) र disciplinary power (अनुशासित) । जस्तो कि पहिले राजाले कसैलाई अपराध लगाएर दण्ड दिनु वा मार्ने कुरा उनको सोभरेन अर्थात सार्वभौम शक्ति अन्तर्गत पर्दथ्योे । र सोही किसिमका मूल्यमान्यताहरु स्थापित थिए । यसले बायोपावरको रुपमा काम गरेको थियो । जस्तो कि महिलाहरु माथि धेरै नियन्त्रणहरु थिए । तर विज्ञानको उदयसँगै शक्ति र ज्ञानको नविनतम् अभ्यास हुन थाल्यो । अब आधुनिक संस्था र नीति तथा नियमका कुराहरु आए । अब सामान्य अपराध गरेको भरमा मानसलाई मार्न नहुने कुरा उठ्यो । मानिसको श्रमको महत्वले पनि यसमा काम गरेको हुनु पर्छ । अब समानता र सामाजिक न्याय तथा मानवियताका कुराहरु बढी मुखरित भए । अब विविध पक्षहरुमाथि विचार विमर्शहरु हुन थाल्यो अर्थात किन र कसरी भन्ने प्रश्नहरुमा बढी खोत्लिन थालियो ।
शरीरमा नया किसिमले पोलिटिक्स (सामान्य नेपालीमा राजनीति भन्न मिल्छ मिल्दैन थाहा भएन, यद्यपि यसको अर्थ त्यही हुने देखिन्छ) लगाउने अभ्यासहरुको आरम्भव भयो । फूकोका अनुसार bio-power को सन्दर्भमा मनोविज्ञान, जनसंख्या विज्ञान, स्वास्थ्य विज्ञान आदिको विकास भयो । काम गर्ने नगर्ने, जस्तो कि को आसक्त वा धेरै परिश्रम गर्न सक्ने भनी तिनको सोही अनुसार बर्गीकरण गर्न थालियो । त्यही अनुरुपकोे knowledge regime (ज्ञान उत्पादन गर्ने सन्दर्भमा) हरु स्थापित भए । जस्तो कि आधुनिक विद्यालय, स्वास्थ्य संस्था, कारागार तथा प्रहरी संस्थाहरु खडा भए । ति संस्थाहरु मार्फत truth (सत्यता, परिणाममुखीको सन्दर्भमा हुनु पर्छ)को निर्माण हुन थाल्यो । शक्तिको अभ्यासले कस्तो किसिमको ज्ञान चाहिन्छ भन्ने कुराको लागत अनुमान जस्तै गर्न सघाँयो भन्ने छ । र यसबाट एक किसिमले नयाँ कुराको जन्म भयो भन्ने छ । यसलाई उनले truth (सत्यता, परिणाममुखी) भनेका छन् । शक्तिको प्रयोगले नकारात्मकता स्थिति मात्र उत्पन्न गर्छ भन्ने मान्यता विपरित शक्तिले सकारात्मक परिणाम अर्थात सर्वस्वीकार्य परिणाम अर्थात truth को वातावरण निर्माण गर्छ भन्ने उनको मान्यता रहेको छ । जस्तो कि अमेरिका र यूरोपलाई छोटो दूरीको माध्यमबाट जोड्ने कुरा उठ्यो । किनकि त्यसबेलाको यो आवश्यकता बनिसकेको थियो र तत्पश्चात हवाइजहाजको निर्माण भयो । शक्ति र ज्ञानको सही अभ्यासबाट यो truth को रुपमा देखियो । विश्वमा ट्रन्स एटलान्टिक सम्बन्धले विज्ञानको क्षेत्रलाई फड्को मार्नमा महत्वपूर्ण योगदान दिएको कसैबाट छिपेको छैन ।
आधुनिक विद्यालयहरुले अप्रत्यक्ष रुपमा मानिसको मनोविज्ञानमा परिवर्तन ल्याउने काम गरयोे । जागिर खानका लागि शिक्षा, शारीरिक तथा मानसिक रुपमा चुस्तताका शर्तहरुले मनिसको जीवनमा परिवर्तनहरु देखिए । यसमा विद्यालय, अस्पताल तथा प्रहरी संस्थाहरुको भूमिका अंह्व बन्दै गयो । जागिर खान अपराधको घटनाबाट टाढा हुनु पर्ने अवस्थाको निर्माण भयो । कस्तो मान्छे बनाउने अर्थात राज्यलाई कस्तो शीप कला भएको मान्छे चाहिएको छ, सोही अनुरुपका विद्यालय तथा विश्वविद्यालयहरु स्थापना भए । यस किसिमको पावरको अभ्यासलाई उनले स्वभाविक मानेका छन् । उनका अनुसार यूरोपको शक्ति र ज्ञानको अभ्यासले विभिन्न आधुनिक राजनीतिक, सार्वजनिक तथा प्रशासनिक संस्थाहरुको विकास भयो र यसले सिस्टम बनाउन सघायो । र परिणामत समाज अनुशासन उन्मुख भयो भन्ने छ ।
अपराध गर्नेलाई सिधै मार्ने भन्दा पनि अपराध गर्नाका कारणहरु खोत्लिन थालियो र अपराधको पनि बर्गीकरण हुनथाल्यो र त्यही अनुरुप bio-power हरु लागू हँुदै गए । त्यसैले मनोविज्ञानको विकास भयोे । औद्योगिक कार्यका लागि मानिसको आवश्यकता देखियो र जनसंख्यालाई उमेर अनुसार बर्गीकरण गर्न थालियो अर्थात डेमोग्राफीको अवधारणा भित्रियो । कस्तो मानिसलाई कस्तो काममा लगाउने प्रचलनको शुरुवात भयो भन्ने छ । जस्तो कि गाडी चलाउनकालागि लाइसेन्सको व्यवस्था गरियो । लाइसेन्स नलिई गाडी चलाउनुलाई एक किसिमले अपराध मानियो । रक्सी खाएर गाडी चलाउदा दुर्घटना हुने हुनाले दुर्घटना रोक्न रक्सी खाएर गाडी चलाउनेलाई अझ बढी अपराध मानियो । यसबाट मानिसहरु आफैं अनुशासनमा बस्न थाले । महिलाहरुलाई पनि विद्यालय पठाउन थालियो र संस्थाहरुमा महिलाको भूमिकालाई बढावा दिइयोे । महिलाहरु उपर हिसां गर्ने लाई कार्वाहीको व्यवस्था भयो । यि सबले महिला स्वतन्त्रता फल्यो फुल्योे । अब उनीहरु पनि निर्धक्क एक्लै हिड्न सक्ने भए । त्यसै गरि समलिगींले पनि खुलेर बाँच्ने अवस्था सिर्जना भयो भन्ने छ । जबकि फ्रान्समा समलिगींलाई स्वतन्त्र रुपमा बाँच्न सहज थिएन । शक्ति सबैमा निहित रहेको सन्देशको रुपमा यसलाई अर्थाउन नसकिने होइन ।
अस्पतालले अनिकालमा मान्छेलाई मर्नबाट बचाउन सफल रह्यो तथा यसले स्वस्थ्य जीवनमा अंह्म भूमिका खेल्यो । मानिस मर्नु भनेको धेरै क्षेत्रहरुमा नकारात्मक असर गर्नाले प्रहरी, कारागार र मनोविज्ञानले अपराधीहरुलाई सुधार्ने र सोही अनुसारका कामहरुमा लगाउने प्रचलनको विकास भयो । साथै अन्य अपराध हुन सक्ने सम्भावनाहरुका बारे पहिचान गरि त्यसको दीर्गकालिन रोकथाममा लाग्ने काम भयो । नक्कली तथा फ्रड कार्यहरु रोक्न बायोमेट्रिक प्रणालीको विकास भयो, र यसले जालसाली तथा कीर्ते कामलाई रोक्न सघाँयो । एक किसिमले सर्भेलेन्समा मानिसहरु बाँच्न अभ्यस्त भए, यद्यपि यसले सबैको जीवन सहज भयो भन्ने छ । यसलाई कतिपयले न्याय र स्वतन्त्रताको प्रत्याभूति गर्न नसकेको रुपमा आलोचना गर्ने गरेको पनि पाइन्छ । तर यसले स्वतन्त्रताका लागि मार्गचित्र प्रशस्त गरेकोमा शंका छैन किनकि यसबाट मानिसहरु आत्मनिर्भर बन्दै गए, सिर्जनशीलताको पनि विकास भयो । यसरी शक्ति र ज्ञान एक अर्कासँग सकारात्मक रुपमा जोडिएको रुपमा व्याख्या पाइन्छ । फूको को अनुसार यो bio-power अन्तर्गत समाजलाई अनुसाशित बन्न मद्दत पुग्यो ।
नेपालको सन्दर्भमा मिचेल फूको र शक्ति र ज्ञानको अभ्यास
नेपालको विकासलाई ऐतिहासिक रुपमा फूकोको शक्ति र ज्ञान सिद्दान्तको कसीमा विवेचना भएको खासै पाइदैन, यद्यपि यो निकै सान्दर्भिक र महत्वपूर्ण छ । जस्तो कि नेपालको सन्दर्भमा शक्ति भन्ने बित्तिकै एकाध केन्द्रको रुपमा व्याख्या हुदै आएको छ । अझ पनि परम्परागत जात प्रथा तथा एलिटिज्म यससँग जोडिने गरेको छ । किनकि दक्षिण एशियाको जातप्रथालाई लाई पनि एक किसिमको बायोपावरको अभ्यास रुपमा लिने गरिन्छ । यद्यपि प्रविधि र वर्गको वहस घनिभूत बन्दै गएको पनि साँचो हो । सत्यता के पनि हो भने शक्ति अझ पनि तल जान सकेको छ-छैन, भन्ने हो । शक्ति र ज्ञानको अभ्यासमा सही ढंगले अगाडि बढेको छ छैन भन्ने हो । जस्तो कि देशलाई विकासको सन्दर्भमा आधुनिकीकरण तर्फ लाने प्रयास हुदै आए पनि भरपर्दो truth (सत्यता, परिणाम) देखा परिसकेको छैन भन्ने कुरा नेपाल विकासको सन्दर्भमा किन पछि परयो भन्ने व्यापक वहसले पनि धेरै कुराहरु बुझ्न मद्दत गर्ने गरेको छ । नेपालमा बिगत एक दशकयता चीन र भारतबाट काठमाडौं जोड्ने रेलको कुरा उठेको छ र यसलाई truth को रुपमा लाने प्रयास भइरहेको सन्दर्भलाई फूकोसँग जोड्न सकिन्छ।
समष्टिमा भन्दा नेपालको विकासको सन्दर्भमा शक्ति र ज्ञानको अभ्यास सही ढंगले हुन सकिरहेको छ- छैन अर्थात सही truth (सत्यता, परिणामुखी) को निर्माण हुन सकिरहेको छ-छैन, भन्ने कुरा महत्वपूर्ण छ।