नब्बेको दशकतिर विश्वमा ग्लास्नोस्त (खुलापन) र पेरेस्त्रोइका (पुर्नगठन)शब्दहरु यत्ति चर्चित र आकर्षक थिए कि राजनीतिमा रुचि राख्नेहरुका लागि यो मन्त्र नै बनेको थियो । यसका प्रवत्र्तक सोभियत संघका अन्तिम साम्यवादी शासक नेतृत्वकर्ता मिखाइल गोर्भाचेवको यही ३० अगस्तका दिन मृत्य भएको छ । यससँगै तिनकाबारे थरिथरिका टीकाटीप्पणीहरु भइरहेका छन् । धेरै जसो पश्चिमाहरुको नजरमा उनी मसीहा बनेका छन् । जर्मनीहरुले उनलाई विशेष सम्झिने छन् किनकि उनी नभएको भए वर्लिनको पर्खाल त्यत्ति चाँडौ ढल्ने थिएन र दुई जर्मनको एकता सम्भव थिएन होला । तर रसियनहरुले तिनलाई कसरी सम्झिने छन् भन्ने कुराको सर्भे हुनबाँकी नै छ । यधपि सन् १९९६ मा उनी रुसमा राष्ट्रपतिको प्रत्यासी बन्दा १ प्रतिशत पनि मत ल्याउन नसकेको तीतो सन्दर्भ नभएको होइन । उनकै कार्यकालमा विशाल सोभियत साम्राज्य र विश्वबाट साम्यवादी व्यवस्था ढल्न शुरु भएको होे । प्रसिद्द राजनीतिकज्ञ वैज्ञानिक फ्रान्सिस फुकुयामाले सोभियत र पूर्वी यूरोपमा साम्यवादको पतनसँगै शान्ति, भातृत्व तथा समृद्द्किा लागि पश्चिमा प्रजातान्त्रिक उदारवादी व्यवस्थाको युगको निर्विल्पताको दावी गरेका थिए । कसैले गोर्भाचेवलाई उदारवादी त कसैले गद्दार त कसैले सोझा नेता भन्ने गर्दछन् ।

उनीसँग जोडिएको समय तथा विषयहरुको सन्दर्भहरुमा उठ्ने गरेका प्रश्नहरु नभएका होइनन्— के गोर्भाचेवका कारण आएको उथलपुथल पछि विश्वमा शान्ति छायो त? गोर्भाचेवका कारण निर्विकल्प जस्तै बन्न पुगेको पश्चिमा प्रजातान्त्रिक व्यवस्थाले शान्ति र समृद्दि ल्यायो ? गोर्भाचेवपछि के विचारको युगको औचित्य समाप्त भएको हो ? के पुन सोभियत संघको उदय हुन सक्छ? आदि ।

गोर्भाचेवकोे भनाईमा त्यसताका सोभियत संघको सामाजिकआर्थिक अवस्था खराब रहेको र यसबाट पार लगाउन सुधार तथा राज्यका निकाय तथा संरचनाहरुको पुर्नगठन आवश्यक थियो । यसका लागि विश्वसँग काँधमा काँध मिलाएर नयाँ प्रविधि तथा लगानी भित्राउनु पर्ने थियो जसलाई खुलापनको रुपमा अर्थाइएको थियो । तथ्याङ्हरुले सन् ८० को दशकको आरम्भबाट नै सोभियत संघमा आर्थिक मन्दी देखा पर्न थालिसकेको थियो भने यससँगै ’आईएमएफ’ तथा ’विश्व बैंक’ प्रभावी बनिरहेको थियो जहाँ सोभियतको भूमिका खस्कदै गइरहेको थियो । भन्ने गरिन्छ सोभियत मोडेलको साम्यवादीहरुले आर्थिक पक्षमा पटक्कै ध्यान दिएनन् । विश्वव्यापी आफनो प्रभाव देखाउन अन्धाधुन ठूलो लगानी गरिएको थियो, जहाँ प्रतिफल तथा नाफा नोक्सानकमाथि खासै ध्यान दिइन्न थियो । त्यसैगरी साँस्कृतिक रुपमा सोभियत प्रभाव विश्वव्यापी बन्न असफल रह्यो भन्ने पनि छ । त्यहीनेर पश्चिमाहरु आर्थिक र साँस्कृतिक रुपमा विश्वमा छाइरहेका थिए । अझ सूचना प्रविधि तथा इन्टरनेटमा पश्चिमाहरु निकै अगाडि बढिसकेका थिए । सोभियत तथा साम्यवादीहरु तल तल खसीकदै थिए । तर गोर्भाचेवको सामाजिकआर्थिक सुधार संस्थागत रुपमा राम्रोसँग अघि बढिरहेको थिएन जसरी चीनमा देगं सियायोफेङ्ले सन् १९७६ बाट सामाजिकआर्थिक सुधारलाई सफलतापूर्वक अगाडि बढाएका थिए । गोर्भाचेवको राज्य निकायहरुमा प्रभाव तथा नियन्त्रणहरु कमजोर बन्दै गएको कुरा बढी सुनिने गरिन्छ जुन प्रभावशाली नेतृत्वको सिद्दान्तसँग मेल खादैन ।

विश्वव्यापी रुपमा आणविक खतरालाई टार्ने तथा वर्लिन पर्खाल भत्काएर जर्मनको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्दै यूरोपेली संघको अवधारणलाई फल्ने फुल्ने अवसर गोर्भाचेवकै कारण सम्भव भएकोमा खासै दुइमत छैन । त्यसैले यूरोपका नेताहरुले तिनको गुणगान गाउने नै भए । तर विपरित आफनो देशलाई एकढिक्का राख्न सकेनन् भन्ने प्रश्नले उनलाई सम्भवत असाध्यै खाएको हुनु पर्छ । पुटीनले गोर्भाचेवको सुधारका प्रयासलाई तत्कालिन आवश्कताको रुपमा स्वीकारेको देखिन्छ तर गोर्भाचेवपछिको छिन्नभिन्न सोभियत संघलाई उनले यस शताब्दीकै भयंकर भूराजनतिक दुर्घछना भनेका छन् ।

हो उनको कारण शीतयुद्धको समाप्ति सम्भव सहज भयो तर नया शीत युद्दको सम्भावना पनि बढेर गएको छ । नया विश्वध्रुविकरणको शुरुवातका संकेतहरु रुस यु्रकेन युद्द र रुस चीनको सामिप्यता तथा एशियाको आर्थिक रुपमा उदयले केही हदसम्म यसको संकेत गर्दछ । शीतयुद्द पछि विश्वमा हिसां तथा युद्दले बढी मानिस मारिएको तथा मानवीय सम्पतिको ध्यवंस भएको कुराहरुले शान्ति तथा संमृद्दिकालागि पश्चिमा प्रजातन्त्रको निर्विकल्पता थेसिसमाथि प्रशस्त प्रश्नहरु उठदै आएका छ । फुकुयामाको उक्त थेसिस विशुद्ध अर्थराजनीति पाटोसँग जोडिएको थियो जहाँ साँस्कृतिक तथा डिग्निटीलाई जोडेर हेर्ने काम नभएको स्वीकारोक्ति उनको सन् २०१८ मा प्रकाशित पुस्तर्क आइडेन्टिटी’ बाट बुझिन्छ । यस पुस्तकमा उनले सोभियत तथा यूरोपमा साम्यवादी व्यवस्थाको अन्तसँगै लेखिएर्को द इन्ड अफ द हिस्ट्री एण्ड द लास्ट मेन’ अर्थात इतिहासको अन्त र अन्तिम मानव पुस्तकाका मुख्य तर्क पश्चिमा प्रजातन्त्रको निर्विकल्पता सिदन्तलाई थप प्रष्टाउने तथा सच्चाउँने काम गरेका छन् ।

गोर्भाचेवको नेतृत्वको सन्दर्भमा एउटा उठ्ने पाटो भनेको उनमा स्पष्ट वैचारिक मान्यताहरुको सम्बन्धसँग रहेको भन्नेहरु पनि नभएका होइनन् । शुरुमा सामान्य सामाजिक आर्थिक सुधारबाट ठीकठाक भइहाल्छ कि भन्ने थियो तर पछि राजनीतिक सुधारका प्रयासहरु अगाडि बढाउदा त्यसलाई थेग्न नसकेको आरोप उनीमाथि लाग्ने गर्दछ । एकथरि उनको सुधारको असफलतालाई लिएर उनीमाथि नेतृत्वमा हुुनुपर्ने भिजन, प्रभाव तथा पकडका बारे प्रश्नहरु तेर्साउने गर्दछन् । पछिल्लो समयमा उनी नितान्त एक्लो जीवन जिउँन बाध्य भए, उनको अगाडि पछाडि खासै कोही देखिएनन् । कहीकतै मिडियामा बाहेक ।

गोर्भाचेवले जसरी विश्व शान्ति तथा भातृत्वका लागि इमान्दारिता देखाए, त्यसरी नै के उनका समकक्षी अमेरिका तथा पश्चिमा जगतले यसमा इमान्दारिता देखाए भन्ने कुरामाथि कमै चर्चा हुने गरेको छ । यदि यसमा दोस्रो पक्ष पनि इमान्दार भएको भए शीतयुद्द पछि विश्वमा यत्तिविध्न मानवीय ध्यवंस हुने थिएन कि भन्ने कुरा अतार्किक छैन । अमेरिकी राष्ट्रपति जोन वाइडेनले मन खुलेर गोर्भाचेवप्रति समवेदना दिन नसक्नुले पनि अमेरिकीहरुमा केही हिनताबोध रहेको रुपमा यसलाई हेर्न नसकिने होइन । अहिले रुसको आक्रमकता सम्भवत नाटोको विस्तार पूर्वतिर नभएको भए हुदैन थियो भन्नेहरु पनि छन् । यसमा गोर्भाचेवले पनि पश्चिमाहरु इमान्दार नरहेको बताइसकेका छन् । यूरोप आज संकटग्रस्त बन्दै गएको छ । रुस यु्रकेन युद्दले पुनः विश्वमा मानवीय संकट र युद्दको सम्भावनालाई जीवितै राखेको छ । हुनत ओशो रजनीशले युक्रेनको सन्दर्भमा तेस्रो विश्वयुद्दको सम्भावनालाई उहिल्यै औल्याएका थिए ।

जे होस् गोर्भाचेवको उदयको समय विचारको प्रस्फुटनको समय पनि थियो । जहाँ साम्यवाद, समाजवाद, उदारवाद आदिका बारे विचारविमर्श तथा प्रयोगहरु विश्वव्यापी रुपमा भइरहेका थिए । धेरैले भन्ने गरेको गोर्भाचेवले साम्यवादमा उदारवाद छिराउन खोजेका थिए किनकि सोभियत समाज निकै साँगुरो घेरामा बाँच्न बाध्य थिए । जस्तो कि सोभियत संघको विघटनपछि मस्कोमा खुलेको म्याक डोनाल्डको परिकार लिन मानिसहरु लामो लाइन धेरैको सम्झनामा छ होला । यसले पनि सोभियत समाज विश्वबाट कत्ति अलगथलग थियो भन्ने अनुमान लगाउन सकिन्छ । उनले सोभियत समाजलाई विश्वसँग हिडाउन चाहेका थिए । तर घटनाक्रमहरु उनले सोचे भन्दा फरक भयो । चीनको जस्तो पहिले आर्थिक पक्षलाई मात्र अगाडि बढाएको भए ठूलो दुर्घटना नहुन सक्थ्यो भन्नेहरु पनि नभएका होइनन् । जे होस्, उनका कारण विश्वव्यापी उथलपुथल भएकै हो । नेपाल मै पनि सन् १९८९ मा प्रजातन्त्र आउनुमा गोर्भाचेवलाई नजोडि रहन सकिन्न होला ।

तर अफसोस् तिनका कारण विश्वव्यापी रुपमा त्यत्रो परिवर्तनका बाछिटाहरु आएतापनि आफनै घरका सिसाहरु चर्किए, फुटे । तसर्थ इतिहासमा उनी केहीकालागि आलोचित र केहीकालागि प्रशंशित हुने देखिन्छ ।

गोर्बाचोभः केही आलोचना, केही प्रशंसा

Similar Posts

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *